( म धुलोबाटै आए, म धुलोमै फर्कन्छु )
म धुलोबाटै आए, म धुलोमै फर्कन्छु
यहीनै हो मेरो अस्तित्व घाँस झैँ ओइलाउँछु
(तर छोटो यो जीवनमा येशुको प्रेम छरि छरि
अनन्तको मेरो घरमा थरी थरी फूलाउँछु ) २
म रित्तो हात आए म रित्तै हात फर्कन्छु
यहिनै हो मेरो परिचय पानीको बाफ झैँ छु
(तर नम्र भई मित्रताकाो सुन्दर सुन्दर मोती बनाई
अनन्तको मेरो घरमा धेरै धन थुर्पाछु ) २
म परदेशी भई आए र परदेशीनै जान्छु
यहिनै हो मेरो चिनारी केही दिनको मात्रै छु
(टिक्ने छैन यहाँ मेरो हातले जम्मा गरेको थोकहरु
टिक्ने छन् केवल सम्बन्धमा मैले बाँटेको प्रेमहरु) २
"ओ येशु तिम्रो कृपा मलाई प्रेम गर्न सिकाउनु
होस्
अनन्तको मेरो घरमा तपाईको ओठमा मलाई विश्वास छ !!!"